Section 16
अधिकतम हदभन्दा बढी जग्गा प्राप्त हुन आएमा गर्ने
(१) अंश पाई वा अपुताली परी वा खोलाले छोडी वा नरवेसी भै कुनै व्यक्ति वा निजको परिवारलाई जग्गावालाको हैसियतले प्राप्त हुन आएको जग्गा र निजको सो अघि कुनै जग्गा भए सो समेत मिलाउँदा दफा ७ मा तोकिएको अधिकतम हदभन्दा बढी भएमा निजले सो प्राप्त भएको ३५ दिनभित्र तोकिए बमोजिमको फाँटवारी तोकिएको अधिकारी छेउ दाखिल गर्नुपर्छ ।
तर सम्बन्धित व्यक्तिको निवेदन परी म्याद बढाउनु पर्ने देखिएमा तोकिएको अधिकारीले बढीमा ७ दिनसम्मको थप म्याद दिन सक्नेछ ।
(२) उपदफा (१) बमोजिम कसैको फाँटवारी दाखिल भएपछि तोकिएको अधिकारीले त्यस्तो जग्गावाला र जग्गाको सम्बन्धमा समेत दफा १४ र दफा १५ बमोजिम कारवाई गर्नेछ ।